नेप्से २० अंकले घट्दा २ अर्बमा खुम्चियो कारोबार, सर्वाधिक घट्नेमा जीवन बीमा कम्पनी

९ चैत्र २०७८, बुधबार १५:१०

काठमाडौं । साताको चौथो दिन शेयरबजार दोहोरो अंकले घटेको छ । दुई दिन लगातार बढेको नेप्से परिसूचक कआज २०.६३ अंकले घटेर २६३०.०६ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २२६कम्पनीको ३९ लाख ८१ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ४३ लाख ९९ हजार २५३ रुपैयाँको कारोबार भएको छ । पछिल्लो समय नेपालको शेयरबजारमा खासै उत्साहपन देखिएको छैन ।

नेप्से घटबढ भएतापनि कारोबार माथि उक्लिन सकेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको कमी तथा देशमा पूँजी संकटको अवस्थाले गर्दा नेपालको पूँजीबजारमा प्रभाव परेको देखिएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज २ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज व्यापार समूह र म्युचुअल फण्ड समूहमा हरियाली छाएको छ भने सर्वाधिक जीवन बीमा समूहको १२८.७ रुपैयाँले घटेको । अघिल्लो दिन सर्वाधिक बढ्ने समूहमा जीवन बीमा कम्पनीहरु रहेतापनि आज ठ्याक्कै उल्टिएर सर्वाधिक घट्नेमा परेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*