प्रभु इन्स्योरेन्सले साधारण सभा बोलायो, ११ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव

९ चैत्र २०७८, बुधबार १०:३१

काठमाडौं । प्रभु इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा चैत ३० गतेका लागि बोलाएको छ । कम्पनीको ४०० औं संचालक समितिको बैंठकले सभा प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा सो दिन बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्न नियामक निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १७ देखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजका आधारणमा चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*