दासाङ शेर्पाको तीन लाख ५० हजार रुपैयाँ राखेको झोला बसमै छुट्यो, अनि प्रहरीले चलायो अप्रेशन

९ चैत्र २०७८, बुधबार ०८:३५

काठमाडौं । काठमाडौं प्रहरीको चुस्तदुरुस्त एक्सनका कारण सिन्धुपाल्चोकका दासाङ शेर्पाले बसमा छुटाएको तीन लाख ५० हजार रुपैयाँ हराएको केही घण्टापछि सकुशल फेला पारेका छन् ।

घट्ना मंगलबार बिहान ७ः३० बजेको समयमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने दासाङ शेर्पा जोरपाटी चोकबाट नारायणटारसम्म जान बस चढे । गन्तव्यमा पुगेपछि बसबाट भरे तर उनले तीन लाख ५० हजार रुपैयाँ बोकेको झोला भने बसमै छोडे । ओर्लिएर रकम खोज्दा बस आफ्नो गन्तव्यतर्र्फ गइससकेको थियो । हत्तपत्त उनले नजिकैको प्रहरीलाई खवर गरे । धेरै चलाख नभएका दासाङले प्रहरीलाई बस नम्वर समेत लिन भ्याएका थिएनन् । कुन बस हो भन्ने उनले पत्तो पाउनै सकेनन् । लगत्तै प्रहरीले कन्ट्रोलमार्फत उक्त बसलाई चेकजाँच गर्न लगायो । जोरपाटी देखि साँखुतर्फका बसहरुमा कडा चेकजाँच गरियो । महानगरीय प्रहरी वृत्त बौद्धबाट तत्कालै मातहत एकाइका प्रहरीलाई सूचना प्रवाह गराई उक्त रुटमा चल्ने सम्पूर्ण बसमा जाँच गरिएको थियो । सोही क्रममा महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरी टोलीद्वारा यात्रुवाहक बसमा जाँच गर्ने क्रममा रत्नपार्कबाट जहरसिंहपौवासम्म चल्ने बा४ ख ६४३३ नंको यात्रुवाहक बसबाट साढे तीन लाख रुपैयाँ नगदसहितको झोला फेला पार्न सफल भएको छ ।

प्रहरीले तत्कालै पीडित दासाङ शेर्पालाई बोलाएर उक्त रकम हस्तान्तरण गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनले सवारी साधनका चालकले झोला समेत सुरक्षित राखिदिएकोले रकम नहराएको जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*