आरएमडीसी लघुवित्तको लिलामी शेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

८ चैत्र २०७८, मंगलवार १६:११

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने बुधबार (चैत ९ गते) अन्तिम दिन रहेको छ । संस्थाले फागुन ५ गतेदेखि संस्थापक समूह तर्फको १ लाख ४९ हजार ८ सय कित्ता शेयर लिलामीमा ल्याएको थियो ।

उक्त शेयरको न्यूनतम मूल्य ५४० रुपैयाँ तोकिएको छ । शेयरमा आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यामान संस्थापक शेयरधनीहरुले भोलि (चैत ९ गते) सम्म आवश्यक कागजात संकलन गरी संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा गोप्य शिलब्दी बोलपत्र पेश गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*