९० डिग्रीमा यसरी जमिनतिर झरेको थियो चाइना इष्टर्न एयरको बोईङ ७३७–८०० जहाज (भिडियो)

८ चैत्र २०७८, मंगलवार १५:४३

काठमाडौं । हिजो कुन्मिङ–गोन्झाओ उडानमा रहेको बोईङ ७३७ जहाज बिना कुनै कारण दुर्घटनाग्रस्त बनेपछि विश्वभर यसको चर्चा भइरहेको छ । दैनिक लाखौं यात्रुहरु यात्रा गर्ने आकाशमा बोईङ ७३७ सेरिज जहाजका कारण सुरक्षा चुनौति उत्पन्न भएपछि विश्वभर तनाव भएको हो ।

उडान भरेको एक घण्टा चार मिनेटपछि जहाज दुर्घटनाग्रस्त बनेको छ । २९ हजार १०० फिटको उचाईमा प्रतिघण्टा ४७५ किमीमा गतिमा उडिरहेको जहाज एकाएक गति समेत कम नभई ९० डिग्रीको कोणमा जमिनतर्फ सोझिएर चीनको घना जंगलमा बजारिन पुगेको थियो ।

 

भिडियो सौजन्य ट्वीटर

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*