सानिमा डिबेञ्चरसहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

८ चैत्र २०७८, मंगलवार १५:२०

काठमाडौं । मंगलबार नेप्सेमा सुधार आएको छ । हिजो १७ अकंले बढेको नेप्से आज पनि १६.०४ अकंले बढेको हो ।

नेप्सेमा सूचिकृत २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार अउदा समेत कारोबार भने २ अर्ब ५१ करोढ ८८ लाख ९४ हजार १७८ रुपैयाँमा सिमित भएको छ ।

साताको तेस्रो दिन कारोबार साढे २ अर्बमा सिमित हुदा सानिमा डिबेञ्चरले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज २.८९ प्रतिशतले घटेको हो ।

त्यस्तै, कालिका पावरको २.८१ प्रतिशत, न्यादी ग्रुप पावरको २.४४ प्रतिशत, मैलुङ खोला जलविद्युतको २.३५ प्रतिशत, शिव श्री हाइड्रोपावरको २.१६ प्रतिशत, तेह्रथुम पावरकोा २.१३ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको १.९९ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*