प्रभु इन्स्योरेन्ससहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

८ चैत्र २०७८, मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १६ अंकले बढ्न पुगेको छ । पछिल्लो केही दिनयता लगातार घटेको शेयरबजार आज दोहोरो अंकले बढ्न पुगेको हो ।

नेप्सेमा सूचीकृत २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा सुधार देखिएतापनि कारोबार भने खासै उत्साहजनक देखिएको छैन । १८ अर्बसम्मको कारोबार भएको शेयरबजारमा पछिल्लो समय २।३ अर्बमा काराबोर सीमित हुन पुगेको छ । धितोपत्र दोस्रो बजारमा शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या १२ लाख भन्दा माथि पुगेपनि कारोबार खासै बढ्न सकेको छैन ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक प्रभु इन्स्योरेन्सको भएको छ । कम्पनीको आज एकैदिन १५ करोड ३३ लाख ४० हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेपाल टेलिकमको १० करोड ७१ लाख, शिवम् सिमेन्ट्सको ८ करोड ६२ लाख, ज्योति विकास बैंकको ८ करोड १८ लाख र जीवन विकास लघुवित्तको ८ करोड ५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*