इमर्जिङ नेपालको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

८ चैत्र २०७८, मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो दिन नेप्से १६.०४ अकंले बढेको छ । हिजो पनि १७ अकंले बढेको नेप्से आज समेत सुधार आएको हो ।

आज नेप्सेमा सूचिकृत २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५१ करोढ ८८ लाख ९४ हजार १७८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा सुधार आउदा समेत कारोबार भने साखै सुधार आउन सकेको छैन । आज साढे २ अर्ब रुपैयाँ बराबरको कारोबार हुदाँ इमर्जिङ नेपालको शेयरमा भने सर्किट लागेको छ ।

त्यस्तै, राष्ट्र उत्थान लघुवित्तको ६.०९ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ५.१८ प्रतिशत, समता घरेलु लघुवित्तको ४.७७ प्रतिशत, एनएमबि हाइब्रिड फण्डको २.७६ प्रतिशत, बिशाल बजार कम्पनीको २.७५ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको २.५९ प्रतिशतले बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*