दोहोरो अंकले बढ्यो शेयरबजार, २ अर्बमाथिको कारोबार हुँदा बीमा समूहमा लगानीकर्ताको आकर्षण
काठमाडौं । साताको तेस्रो दिन शेयरबजार दोहारो अंकले बढेको छ । अघिल्लो दिन १९ अंकले बढेको नेप्से परिसूचक आज १६ अंकले बढेर हरियाली छाएको छ ।
यस साता पहिलो दिन शेयरबजार घटेपनि पछिल्लो दुईदिन लगातार नेप्से बढ्दा लगानीकर्ताहरुमा केही उत्साह थपिएको छ । नेप्से परिसूचक शुन्य दशमलव ६१ प्रतिशतले बढेर २६५०.७० विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज एक समूह राताम्य भएको छ भने बाँकी १२ समूहमा हरियाली छाएको छ । आज व्यापार समूह २६.५३ रुपैयाँले घट्न पुगेको छ भने सर्वाधिक जीवन बीमा समूहको ८५ रुपैयाँ १२ रुपैयाँले बढ्न पुगेको छ । त्यस्तै, निर्जीबन बीमा समूहको ५१.७२ रुपैयाँले बढेको छ ।