छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिन अन्तिम दिन भोलि
८ चैत्र २०७८, मंगलवार १४:१२
काठमाडौं । छ्याङदी हाइड्रोपावरको लिलामी शेयरमा आवेदन दिने भोलि (चैत ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गतेदेखि ५९ हजार ८२७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
उक्त शेयरको न्यूनतम मुल्य १०० रुपैयाँलाई तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि बोलपत्र पेश गर्न सक्नेछन् । शेयर खरिद गर्ने चाहने इच्छुक जो कोही ब्यक्ति तथा संघ संस्थाले बुधबारसम्म न्यूनतम १०० कित्ता र अधिकतम सम्पुर्ण कित्ता माग गरि आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसका साथै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।