मेरो माईक्रोफाइनान्सद्धारा शाखा प्रबन्धक समिक्षा गोष्ठी सौहारामा सम्पन्न
काठमाडौं । मेरो माईक्रोफाइनान्सको दुई दिवशीय शाखा प्रबन्धहरुको समिक्षा गोष्ठि सम्पन्न गरेको छ । संस्थाका अनुगमन कार्यालय र शाखा प्रबन्ध गरी १९० जना कर्मचारीहरुको सहभागितामा चितवनमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
गोष्ठीमा अनुगमन अधिकृतहरुले शाखा प्रबन्धकहरुले कार्य विस्तारका क्रममा भागेका समस्या चुनौती तथा रणनीतिहरु बाारे योजना प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती प्राप्ती गर्ने प्रतिवद्धता जनाएका थिए । प्रशिक्षण कार्यक्रममा नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले ग्राहक सेवाको गुणस्तर अभिबृद्घि, नयाँ प्रडक्ट, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा बैकिङ सेवा विस्तार जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।
प्रतिस्पर्धी बाताबरणमा दिगो र गुणात्मक सेवा प्रवाह गर्न कर्मचारीकोहरुको महत्वपूर्ण जिम्मेवारी रहेको हुदाँ बिचलित नभइ सेवा प्रवाहमा अगाडि बढ्न संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रबन्धकहरुलाई आव्हान गरेका थिए ।