एनएमबि बैंकद्धारा प्रदेश २ का १५६ जना उखु किसानलाई सहुलियतपूर्ण कर्जा प्रदान
८ चैत्र २०७८, मंगलवार १३:१९
काठमाडौं । एनएमबि बैंकले प्रदेश न २ का उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकको कलैया र गोलबजार शाखाले २ नम्बर प्रदेशका १५६ जना उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो ।
बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता गरेको थियो । बैंकले चिनि उद्योगहरुमा उखुको आवश्यकता पुरा गर्ने उखु किसानलाई प्रोत्साहन स्वरुप कर्जा दिने र उद्योगहरुसँग सहकार्य गरी किसानहरुको उखु खेतीलाई आवश्यक अन्य विभिन्न प्राविधिक सहयोगहरु पनि गर्दै आइरहेको छ ।
चिनी उद्योगहरुमा उखुको माग बढी रहदा समेत उखु खेती गरी उत्पादन बढाउन नसकेका किसानहरुले बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराएपछि उखुखेती प्रति लाभान्वित भएका छन् ।