सन नेपाल लाइफद्धारा १२ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

८ चैत्र २०७८, मंगलवार १२:४८

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले म्यादी बीमितका परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बुटवल शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले रुपन्देही वाणगंगा नगरपालिका वडा नं.८ बस्ने बीमित चक्रबहादुर उचै ठकुरीकी श्रीमति गंगा शाहीलाई १२ लाख रुपैयाँ बराबरको चक हस्तान्तरण गरेको हो । उनको वैदेशिक रोजगारको क्रममा दुवईमा मृत्यु भएको थियो ।

उक्त चेक बुटवल शाखाका शाखा प्रमुख सुवास सेन ओलीले हस्तान्तरण गरेका हुन् । साथै उनले वैदेशिक रोजगारमा जानेले अनिवार्य रुपमा श्रम स्वीकृति लिई बीमा गरेर वैधानिक रुपमा जानुपर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*