डिश होमले सर्वसाधारणका लागि आइपीओ ल्याउँदै
८ चैत्र २०७८, मंगलवार १२:२६
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आइपीओ निष्काशन सम्बन्धी छलफल तथा प्रस्ताव गर्न यहि चैत १५ गते कम्पनीको केन्द्रीय कार्यालय ललितपुर–२५ मा दिउँसो २ः३० बजे साधारण सभा आह्वान गरेको छ ।
साथै सो सभाले स्वतन्त्र संचालक नियुक्त, बोनस शेयर र हकप्रद शेयर सम्बन्धी विषयमा छलफल गर्नेछ ।