युनिलिभर नेपाल हकदाबी नपरेको १ करोड बढी नगद लाभांश कोषमा जम्मा, लाभांश लिन लगानीकर्ताको चासो घट्दै

८ चैत्र २०७८, मंगलवार ११:३०

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड हकदाबी नपरेको १ करोड २२ लाख रुपैयाँ बढी नगद लाभांश लगानी संरक्षण कोषमा जम्मा गराएको छ । लगानीकर्ताहरुले कम्पनीले दिएको लाभांश समेत लिन जान छाडेका छन् ।लगानीकर्ताहरुले लाभांश लिन नगएपछि युनिलिभर नेपालले १ करोड २२ लाख ७२ हजार ६७० रुपैयाँ लगानीकर्ता संरक्षण कोषमा पठाएको छ ।

कम्पनीले १ करोड २२ लाख ७२ हजार ६७० रुपैयाँ हकदाबी नपरेको रकम कोषमा दाखिला गरेको हो। कम्पनीले आर्थिक वर्ष २०६९र७०, २०७१र७२ र २०७२र७३ को वार्षिक साधारणसभाहरुबाट पारित नगद लाभांशबापतको रकम हकदाबी नपरेको कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले पत्रिकामा सूचना प्रकाशित गरी भुक्तानी लिन बाँकी नगद लाभांशबापतको रकम लिन आउन सेयरधनीहरु र तिनका हकवालालाई सूचित गरेको थियो। सूचना प्रकाशित गर्दा पनि हकदाबी परेको उक्त रकम कोषमा जम्मा गरिदिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*