१५ प्रतिशत लाभांश पारितका लागि नेको इन्स्योरेन्सको २६ औं साधारण सभा भोलि बस्दै

८ चैत्र २०७८, मंगलवार ११:२६

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २६ औं वार्षिक साधारण सभा भोलि (चैत ९ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रिय कार्यालय बीमा भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कार्यसूचि रहेको छ । त्यस्तै प्रबन्ध पत्र तथा नियमवाली संशोधन प्रस्ताव पारिग गर्ने र उक्त संशोधनहरुमा नियामक निकायमहरुबाट कुनै परिमार्जन गर्न निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालन समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत १ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*