एनसीसी बैंकको ४ लाख ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४ लाख ७७ हजार ५२६ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठको ५० हजार कित्ता, जय श्रेष्ठको ५० हजार कित्ता, एनबि ईन्भेष्टमेन्ट प्रालिको १ लाख ६५ हजार कित्ता, बिनु श्रेष्ठको ८५ हजार कित्ता, लिला बहादुर गुरुङको ८८ हजार ६५४ र अच्युत बहादुर हाडा र तनुजा जोशी हाडाको सामान १९ हजार ४३६ कित्ता शृेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको बागबजार काठमाडौं स्थित शेयर विभागमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।