शिखर इन्स्योरेन्सद्धारा खेलकूद प्रतियोगिता, कर्मचारीलाई स्मार्ट र स्फूर्तिलो बनाउन फुटसलसहित आधा दर्जन खेल खेलाइयो

७ चैत्र २०७८, सोमबार २२:५१

काठमाडौं । शिखर इन्स्योरेन्सले कम्पनीले आफ्ना कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रम आयोजना गरेको छ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यका साथ कम्पनीको सफलतामा मुख्य भुमिका निर्वाह गर्ने कर्मचारीलाई उत्प्रेरणा प्रदान गर्न खेल कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका सकेसम्म अधिकतम् कर्मचारीलाई सहभागी गराउन बिभिन्न मरोरञ्जनात्मक खेलहरु जस्तै तीन खुट्टा दौड, फुटसल, बास्केटबल, मिउजिकल कोन, टग अफ वार र कोन ब्यालेन्स जस्ता खेलहरु समावेस गरिएको जनाएको छ ।

देशकै सबैभन्दा ठूलो निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले यस्ता कार्यक्रमबाट कर्मचारी कर्मचारी बीचको सम्बन्ध सुमधुर हुने तथा कर्मचारीमा अनुशासन, कडा परिश्रम, आत्म–विश्वास र लगनशीलता लगायतका बिषयमा महत्त्वपूर्ण भूमिका खेल्ने तथा यसले कम्पनीको सफलतमा समेत भुमिका खेल्नेमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे बिश्वास ब्यक्त गरेका छन् । उनले खेलकूद कार्यक्रमबाट कर्मचारीहरुमा स्फूर्ति बढेकोले कम्पनीको परफमेन्स अझै बृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

शिखर इन्स्योरेन्स कम्पनीले आम सर्वसाधारणलाई सर्वसुलभ रुपमा निर्जिवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ भने सरल तरिकाबाट झन्झटरहित दावी भुक्तानी गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*