फ्यान्टाको कलरफुल हामी क्याम्पेन सञ्चालन हुँदै

२ चैत्र २०७८, बुधबार २२:२९

काठमाडौं । फ्यान्टाले यो वर्ष “कलरफुल हामी”को आयोजना गरिने कम्पनीले जनाएको छ । यस वर्षको उक्त नयाँ अभियान विगतका वर्षहरु भन्दा धेरै रमाइलो र रंगीन हुने कम्पनीले जनाएको छ । नयाँ अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको विश्लेषण गरिएको छ । जुनसुकै उमेर, लिंग, पेशा भए पनि हरेक मानिसहरु आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरिरहेका हुन्छन् । फ्यान्टाको नयाँ अभियानमा यस्तै देखाइएको छ । साथै मानिसहरुको यस्तै आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलेब्रेट गर्न खोजेको देखिएको छ ।

कोकाकोला कम्पनीले आयोजना गरेको क्याम्पेनमा २ वटा नयाँँ टेलिभिजन विज्ञापनहरु छन् जसले मस्तीका रंगहरुसँग जीवनको आनन्दलाई अंगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगीन पक्ष देखाउन चाहने स्ट्रिट पर्फर्मर, टिकटकरहरु र बाइक स्टन्टर्सहरू मार्फत चुलबुलेपनलाई देखाउन खोजिएको नयाँ टिभीसीले ग्राहकको विश्वास जित्ने कम्पनीले विश्वास लिएको छ । यी विज्ञापनहरुले रंगको शक्ति र तिनीहरुले आम मानिसलाई प्रदान गर्ने चन्चलतालाई देखाएको कम्पनीले जनाएको छ । यो क्याम्पेनको अर्को विज्ञापनले चाँहि होलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाएको छ ।

होली उत्सवको एउटा हिस्साको रुपमा फ्यान्टाले केटिएम लाइभसँग सहकार्य गर्दै “नेपाल टुर कलर मानिया” गर्ने जनाएको छ । उक्त अभियान काठमाडौँ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाट लगायत नेपालका प्रमुख शहरहरूमा १३ वटा कार्यक्रम गरी मनाइँदैछ । यी कार्यक्रमहरुमा रमाइला र सहभागितामुलक गतिविधीहरु राख्दै फ्यान्टाले आफ्ना उपभोक्ताहरुसँग अझै गहिरो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ ।

साथै फ्यान्टाले “कलरफुल हामी” थिमको इन्स्टाग्राम फिल्टर पनि ल्याउँदै छ । यी विज्ञापनहरु भिडियो, सिनेमा, इन्फ्लुएन्सरहरु र सामाजिक सन्जाल सहितको फ्यान्टाको मार्केटिङ क्याम्पेनको एउटा हिस्सा भएको सो कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*