सिटिजन्स बैंकले वार्षिकोत्सवको अवसरमा कर्णालीका विद्यालय, अस्पताल र वृद्धाश्रमलाई ९ लाख रकम सहयोग

७ चैत्र २०७८, सोमबार १८:२०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १५ वार्षिकोत्सवको अवसर पारि कर्णाली प्रदेशका विद्यालय, वृद्धश्रम तथा अस्पताललाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कुल ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकले बैशाख ७ गते १५ औं वार्षिकोत्सव मनाउदैंछ । यस अन्र्तगत बैंकले जाजरकोट जिल्लाको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय , सिमिकोट जिल्लाको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय , डोल्पा जिल्लाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगु जिल्लाको माहाकाली मोडल हाई स्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिर प्रत्येकलाई पँचास हजार रुपैयाँ र जुम्ला जिल्लाको जनता माध्यमिक विद्यालय प्राबिधिकलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । साथै हुम्लाको हिमालयन चिल्ड्रेन सोशाईटी, कैलाश मानशरोभर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेथको साझा घर प्रत्येकलाई पँचास हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

यस सहयोगले त्यहा रहेका असहाय, अशक्त, सडक तथा सार्वजनिक स्थलमा वेवारिसे,मानसिक अवस्थाबाट विचलित, पारिवारिक पुर्नस्थापना, अनाथ तथा बेसहाराहरुको शिक्षा, स्वास्थ्य र खानपानमा टेवा पुग्ने छ यस सहयोगले त्यहा रहेका असहाय, अशक्त, सडक तथा सार्वजनिक स्थलमा वेवारिसे,मानसिक अवस्थाबाट विचलित, पारिवारिक पुर्नस्थापना, अनाथ तथा बेसहाराहरुको शिक्षा, स्वास्थ्य र खानपानमा टेवा पुग्ने छ ।

साथै बैंकले डोल्पा जिल्लाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्र प्रत्येकलाई पँचास हजार मात्र हस्तान्तरण गरेको छ । यस रकम त्यहा आवश्यक विभिन्न सर सामानहरु खरिद गर्नका लागी उपयोग हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*