प्राइम लाईफ इन्स्योरेन्ससहित चार कम्पनीको शेयर नेप्सेमा सूचीकृत

७ चैत्र २०७८, सोमबार १६:३०

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

प्राइम लाईफ इन्स्योरेन्सको १५ प्रतिशत, वोमी लघुवित्तको २० प्रतिशत, नेपाल एसबिआई बैंक लिमिटेको ३ दशमलव ५० प्रतिशत, र पोखरा फाइनान्सको ८ दशमलव शून्य ७५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्राइम लाईफको बोनस शेयर वापतको ३६ लाख २५ हजार ५८५ दशमलव ५४ कित्ता, वोमी लघुवित्तको ८ लाख २३ हजार ८८८ दशमलव ८० कित्ता, नेपाल एसबिआई बैंकको ३३ लाख २२ हजार ७५२ दशमलव २६०३ कित्ता र पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७४० दशमलव २३ कित्ता शेयर नेप्सेमा थपिएको हो ।

मंगलवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*