एनटिसीसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
७ चैत्र २०७८, सोमबार १५:३९
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक १७ अकंले बढेको छ । हिजो १४ अकंले घटेको नेप्से आज भने सुधार आएको हो ।
सोमबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से बढे पनि कारोबार भने खासै सुधार आउन सकेको छैन ।
सोमबार २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँको कारोबार हुदाँ नेपाल दुरसञ्चार कम्पनीले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज २.९७ प्रतिशतले घटेको हो ।
त्यस्तै, नबिल डिबेञ्चरको २ प्रतिशत, एनआइबिएल समृद्धि फण्डको १.९६ प्रतिशत, एनआइबिएल प्रगति फण्डको १.९३ प्रतिशत, सिटिजन म्युचुअल फण्डको १.८१ प्रतिशत र सोल्टी होलटको १.५३ प्रतिशतले घटेको हो ।