एनटिसीसहित आज यी कम्पनीको सर्वाधिक कारोबार

७ चैत्र २०७८, सोमबार १५:१२

काठमाडौं । साताको दास्रो दिन नेप्से परिसूचक १७.९९ अकंले बढेर शेयर बजार बन्द भएको छ । साताको पहिलो दिन १४ अकंले घटेको शेयर बजारमा आज भने सुधार देखिएको हो ।

आज नेप्सेमा ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५९ करोड २७ लाख १८ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुदाँ आज सर्वाधिक नेपाल दुरसञ्चार कम्पनीको भएको छ । सो कम्पनीले आज सर्वाधिक २० करोड ९४ लाख ५७ हजार २२९ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ९ करोड २३ लाख ३९ हजार, जीवन विकास लघुवित्तको ९ करोड ६ लाख ४४ हजार, अपी पावरको ९ करोड २ लाख ५९ हजार, शिवम् सिमेन्टको ८ करोड ७३ लाख ६६ हजार, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ४७ लाख ८९ हजार र निफ्राको ६ करोड ३८ लाख २७ हजार रुपैयाँ माथिको कारोबार भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*