लघुवित्तका पिता युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लघुवित्तका पिता भनेर चिनिने बंगलादेशी प्रोफेसर मोहम्मद युनुस खाँको सम्मानमा ‘युनस पोखरा’ शाखा संचालनमा ल्र्याको छ । लघुवित्तले एक कार्यक्रमकाबीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो
नेपाल भ्रमणमा रहेका ग्रामीण ट्रष्टका प्रबन्ध निर्देशक ए.हाई खाँले लघुवित्तको शाखा उद्घाटन गरेका हुन् । ग्रामीण ट्रष्ट बंगलादेशका अध्यक्ष प्रो. मोहम्मद युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तले युनुस–पोखरा शाखा स्थापना गरेको हो ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका गण्डकी प्रदेश प्रमुख डा. रामशरण खरेल र पोखरा महानगरपालिका १४ का वडा अध्यक्ष प्रेम कार्कीको विशेष उपस्थिति रहेको थियो ।
शाखाको उद्घाटन गर्दै अब्दुल हेई खाँले भने राष्ट्र उत्थानलाई चाहिने सबै सहयोग गर्न ट्रस्ट तयार रहेको बताए । उनले नेपाल रुरल डेभलपमेन्ट अर्गनाइजेशन (नेरुडो) सँगको दशकौं पुरानो सम्बन्धको वारेमा पनि चर्चा गरेका थिए । राष्ट्र बैंकका प्रमुख डा. खरेलले ग्रामीण ट्रस्टसँग मिलेर विपन्न वर्गको उत्थानका लागि राष्ट्र उत्थान लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
खाँ एक बंगलादेशी सामाजिक उद्यमी, बैङ्कर, अर्थशास्त्री र नागरिक समाजका नेता हुन् । जसलाई ग्रामीण बैंकको स्थापना र लघु ऋण र लघुवित्तको अवधारणालाई अग्रगामी गरेकोमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
उक्त शाखा संचालनमा आएसँगै कम्पनीको शाखा संख्या ९९ वटा पुगेको छ ।