एनएमबि क्यापिटलको सीईओमा दीपेशकुमार वैद्य नियुक्त
७ चैत्र २०७८, सोमबार १२:०८
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वैद्य नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले क्यापिटलको सीईओमा वैद्यलाई नियुक्त गरेको हो ।
स्वदेशी तथा विदेशी मर्चेन्ट बैकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका सीईओ वैद्य यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेको अुनभव छ ।
प्रमुख कार्यकारी अधिकृत वैद्यले चैत ६ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।