महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई पानी ट्याङ्की र डस्टविन सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकको साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साफेबगर स्थित सुर्यचन्द्र प्राविधिक तथा ब्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानि ट्यांकी तथा डस्टविन सहयोग गरेको छ ।
बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट संचालन गर्दै आइरहेको हो । बैंकको साफेबगरका शाखा प्रबन्धक पुनित शाहले विद्यालयमा आयोजित एक कार्यक्रमका बिच स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक-एक हिल ट्यांकी र डष्टविन हस्तान्तरण गरेका हुन ।
विद्यालयको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले क्याम्पसलाई डस्टविन र पानी ट्यांकी सहयोग गरिएको बैंकले जनाएको छ ।