नेपाल राष्ट्र बैंकका दुई निर्देशकको जिम्मेवारी हेरफेर, सुपरिवेक्षण विभागमा देवकुमार ढकाल

६ चैत्र २०७८, आईतवार १९:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकहरु एकअर्काको विभागमा सरुवा भएका छन् ।

यसअघि बैंक सुपरिवेक्षण विभागमा रहेका गुणाकर भट्ट बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा भएका छन् । त्यस्तै, बैंक तथा वित्तीय संस्था नियमन विभागका देवकुमार ढकाल बैंक सुपरिवेक्षण विभागमा सरेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीले विभागका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् । भट्ट राष्ट्र बैंकका प्रवक्ता पनि हुन् । प्रवक्ताको जिम्मेवारी नियमन विभागका कार्यकारी निर्देशकलाई दिँदा सूचना प्रवाहमा सहज हुने अवस्था हुन्छ । यसअघि ढकालले प्रवक्ताको जिम्मेवारी सम्हाले पनि काम धेरै भएको भन्दै त्यो जिम्म भट्टलाई दिइएको थियो । अहिले उनलाई अनुकुल विभागमा ल्याइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*