मुद्दती निक्षेपमा झन्झटरहित कर्जा उपलब्ध गराउँदै ग्लोबल आइएमई बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त ग्लोबल आइएई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा दिने हेतुले मुद्दती निक्षेपमा धितो कर्जा अब अनलाईनबाटै लिन सकिने व्यवस्था ल्याएको छ ।
बैंकले झन्झटरहित र ग्राहकहरुको समय बचावट हुने तथा सरल र सहजयुक्त यो सेवा ल्याएको हो । बैंकले आफ्ना मुद्दति निक्षेपकर्ताहरुलाई लक्षित गरी मुद्दति निक्षेप धितोमा अनलाइन मार्फत सहजै कर्जा उपलब्ध गराउने सुविधाको सुरुवात गरेको हो ।
मुद्दति निक्षेपको कर्जा लिनको लागि बैंकका मुद्दति निक्षेपकर्ताहरुले बैंकको मोबाइल एप ग्लोबल ‘स्मार्ट प्लस’ वा बैंकको बेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । सो रकम आवेदनको बचत खातामा तत्काल जम्मा हुनेछ । यस सेवाअन्तर्गत अन्य भौतिक कर्जाका लागि विभिन्न खालका काजगातहरुको आवश्यकता पर्दैन ।
यस योजना अन्तर्गत बैंैकबाट आफ्नो मुद्दति निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँ ऋण लिन सकिने जनाएको छ । यस सेवामार्फत बैंकका ग्राहकहरुमा थप सेवा सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
२०६३ सालमा स्थापना भएको यस बैंकले २०७६ सालमा जनता बैंकसँग गाभिएपछि आफ्नो सेवाको दायरालाई झनै फराकिलो बनाउँदै गइरहेको छ ।
बैंकले देशैभर २८७ शाखा कार्यालय, ४८ एक्सटेन्सन काउन्टर तथा २७४ शाखारहित बैकिङ्ग सेवा र २५४ एटीएममार्फत् आफ्ना ग्राहकहरुलाई बैकिङ्ग सेवा सुविधा दिदै आइरहेको छ ।