बीमा कम्पनीहरुमा संस्थागत सुशासन कमजोर रहेको नेप्सेको निष्कर्ष, २२ बीमा कम्पनी जेड बर्गमा

६ चैत्र २०७८, आईतवार १६:३६

काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीहरुमा संस्थागत सुशासन पालनाको आधारमा आज प्रकाशित बर्गीकरणको नतिजा अनुसार बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था दयनीय देखिएको छ । नेप्सेका अनुसार सबैभन्दा खराब जेड बर्गमा २२ वटा बीमा कम्पनी परेका छन् ।  यसले नियामक निकाय बीमा समितिको नियमनमाथि समेत प्रश्न चिन्ह उठाएको छ । त्यस्तै आठ वटा बीमा कम्पनी सूचिकरण भएको दुई वर्ष पुग्न बाँकी जी बर्गमा परेका छन् ।

नेप्सेले संस्थागत सुशासन, समयमा बार्षिक साधारणसभा गर्ने–नगर्ने, सूचनामा लगानीकर्ताको सहज पहुँचको आधारमा बर्गीकरण नतिजा सार्वजनिक गर्ने गर्दछ । सो नतिजामा गुराँस लाइफ सहित सात जीवन बीमा कम्पनी परेका छन् । गुराँस लाइफ, एशियन, नेपाल, एलआईसी, नेशनल, प्राईम तथा सूर्या लाइफले समयमा साधारणसभा गर्न नपाएकोले नेप्सेले जेड बर्गमा राखेको हो । बीमा कम्पनीहरुले समयमा बीमाङ्कीय मूल्याङ्कन गर्न नसकेकोले बार्षिक साधारणसभामा ढिलाई हुँदै आएको छ ।

त्यस्तै, निर्जिवन बीमा कम्पनीहरु नेको, हिमालयन जनरल इन्स्योरेन्स, आईएमई लुम्बिनी जनरल सहित १५ वटा कम्पनी जेड बर्गमा परेका छन् । नेप्सेले प्रकाशन गरेको बर्गीकरण नतिजा अनुसार जेड बर्ग भनेको संस्थागत सुशासन नमान्ने, नियामकलाई नटेर्ने तथा सूचनामा पहुँच नदिई पारदर्शिता नभएको भन्ने बुझिन्छ ।

नेप्सेका अनुसार पाँच वटा कम्पनी जी बर्गमा परेका छन् । जी बर्ग भन्नाले सूचिकृत भएको दुई वर्ष पुरा नभएको कम्पनी भनेर ज्योति लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र युनियन लाइफलाई राखिएको छ । त्यस्तै जी बर्गकै पर्ने निर्जीवन बीमा कम्पनीहरुमा अजोड, जिआईसी र सानिमा जनरल रहेका छन् ।

हेरौं बीमा कम्पनीहरुको सूचि

वर्ग जी
जीवन बीमा
१ ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
२ प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड
३ रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड
४ सानिमा लाइफ इन्स्योरेन्स
५ युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
निर्जीवन बीमा
१ अजोड इन्स्योरेन्स लिमिटेड
२ जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड
३ सानिमा जनरल इन्स्योरेन्स लिमिटेड

वर्ग जेड
जीवन बीमा
१ गुराँस लाइफ कम्पनी लिमिटेड
२ एशियन लाइफ कम्पनी लिमिटेड
३ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल
४ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
५ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
६ प्राइम लाइफ इन्स्योरेन्स लिमिटेड
७ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

निर्जीवन बीमा
१ एभरेष्ट इन्स्योरेन्स लिमिटेड
२ हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
३ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड
४ लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेड
५ नेको इन्स्योरेन्स कम्पनी लिमिटेड
६ नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड
७ एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड
८ प्रभुु इन्स्योरेन्स कम्पनी लिमिटेड
९ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड
१० प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी
११ राष्ट्रिय बीमा कम्पनी लिमिटेड
१२ सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड
१३ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
१४ सिद्धार्थ इन्स्योरेन्स लिमिटेड
१५ यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*