नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

६ चैत्र २०७८, आईतवार १६:०१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

अघिल्लो दिन कायम १२३७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य १०८५ रुपैयाँ ९ पैसा कायम गरेको छ ।

कम्पनीले सो प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याइएको शुन्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश पारित गर्न चैत २१ गते होटल भिष्वा, वीरगंज (पर्सा)मा बिहान ९ बजे २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*