प्रभु लाइफ इन्स्योरेन्सको चौथौं साधारण सभा सम्पन्न

६ चैत्र २०७८, आईतवार १५:५४

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज र्याडिसन होटलमा बिहान ११ बजे सुरु भएर सन्पन्न भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गरेको छ । साथै सोही आवको नाफा नोक्सान हिसाब जस्ता विवरणमाथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको लागि लेखापरिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने जस्ता विषयमाथी छलफल गरी प्रस्ताव पारित गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको थिएन । सो अनुसार यस वर्ष शेयरधनीहरुको हात खाली रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*