दोहोरो अकंले घटेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
६ चैत्र २०७८, आईतवार १५:२१
काठमाडौं । नेप्से आज १४.६७ अकंले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन १९ अकंले घटेको नेप्से आज पनि घटन पुगेको हो ।
आइतबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेमा घट्दा कारोबार समेत २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९० रुपैयाँमा सिमित भएको छ ।
आज कारोबार २ अर्बमा सिमित हुदाँ २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने केही कम्पनी गुमाउन पुगेका छन् । आज सर्वाधिक गुमाउने कम्पनीका मैलुङ खोला जलविद्युत रहेको छ । कम्पनीको शेयर ३.७६ प्रतिशतले घटेको हो ।
त्यस्तै, शिव् श्री हाइड्रोपावरको ३.३१ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ३.२९ प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको ३.२५ प्रतिशत र विशाल बजार कम्पनीको ३.२३ प्रतिशतले घटेको हो ।