नेपाल लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

६ चैत्र २०७८, आईतवार १५:१६

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक १४ अंकले घटेर शेयरबजार बन्द भएको छ । केही सातायता नेपाली शेयरबजारमा खासै उत्साहजनक कारोबार हुन सकेको छैन । गत भदौ महिनामा १८ अर्बसम्मको कारोबार हुने गरेकोमा पछिल्लो समय ३।४ अर्बमा कारोबार सीमित हुने गरेको छ ।

लगानीकर्ताको संख्या थपिँदै गएपनि कारोबार घट्दै जाने क्रम जारी छ । आज नेप्सेमा सूचीकृत ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९० रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीले लाभांश वितरणका लागि बुकक्लोज गर्नेभएसँगै लगानीकर्ताहरुले सो कम्पनीको सर्वाधिक १६ करोड २९ लाख ४९ हजार ६३० रुपैयाँको कारोबार गरेका हुन् ।

त्यस्तै, जीवन विकास लघुवित्तको १३ करोड ४२ लाख, नेपाल टेलिकमको ८ करोड ८२ लाख, अपि पावरको ८ करोड ६७ लाख र नेपाल बैंकको ५ करोड ९७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*