दोहोरो अंकले घट्यो शेयरबजार, लगानी समूहमा हरियाली छाउँदा २ अर्बमा कारोबार सीमित
६ चैत्र २०७८, आईतवार १५:०८
काठमाडौं । साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । गत साता १९ अंकले घटेर बन्द भएको शेयर बजार आज पहिलो दिन १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९० रुपैयाँको कारोबार भएको छ । केही सातायता शेयरबजारमा खासै उत्साहपन देखिएको छैन । शेयरबजारमा लगानीकर्ताको संख्या बढ्दै गएतापनि खासै कारोबार बढ्न सकेको छैन ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज लगानी समूह बाहेकका सबै सूचक राताम्य भएका छन् । आज लगानी समूहमा १.४४ रुपैयाँ बृद्धि भएर हरियाली छाएको छ भने सर्वाधिक जीवन बीमा समूहको १९७ रुपैयाँ घटेको छ ।