नेप्सेमा थपियो तीन कम्पनीको २ करोड ८१ लाख ६३ हजार कित्ता बोनस शेयर, कसको कति ?
६ चैत्र २०७८, आईतवार १३:५५
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचकिृत भएको छ । गणपति लघुवित्त वित्तीय संस्था, एनएमबि बैंक र एभरेष्ट बैंकको बोनस शेयर आज सूचीकृत भएको हो ।
गणपति लघुवित्तको १९ प्रतिशतका दरले २ लाख ४१ हजार ९७७ कित्ता, एनएमबि बैंकको १२.५० प्रतिशतका दरले हुन आउने २ करोड ४ लाख ७ हजार ४५१ कित्ता र एभरेष्ट बैंकको ६ प्रतिशतका दरले हुन आउने ५३ लाख ३६ हजार २३० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचकिृतपश्चात् उक्त शेयर लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री गर्न पाउनेछन् ।