नेशनल लाइफको कलंकी शाखाद्धारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

६ चैत्र २०७८, आईतवार १२:२८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कलंकी शाखाले अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले चैत ५ गते शनिबार कोजी ब्यांक्वेट कलंकीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममार्फत कम्पनीले सहभागी अभिकर्ताहरुलाई कम्पनीको विभिन्न स्किम तथा बीमा पोलिसीको बारेमा जानकारी गराएको थियो । साथै ६ वटा स्किममा एजेन्सीहरुलाई सम्मान समेत गरिएको थियो ।

कम्पनीका केन्द्रीय कार्यालयका एजेन्सी विभागका प्रमुख शुसिल प्रताभ राणा प्रमुख अतिथी र केन्द्रीय कम्पनीका एजेन्सी डिपार्टका जेनिस साउद विशेष अतिथीको रुपमा रहेको उक्त कार्यक्रममा १०५ जना एजेन्सीहरुको उपस्थिती रहेको कलंकी शाखाका शाखा प्रमुख रामचन्द्र घिमिरेले जानकारी दिए ।

उक्त कार्यक्रममा एजेन्सी विभागका प्रमुख शुसिल प्रताभ राणाले कार्यक्रमलाई सम्बोधन गर्दै एमडिआरटी, एजेन्सी प्याकेज र कम्पनीको पोलिसीहरुको बारेमा सहभागी अभिकर्ताहरलाई जानकारी दिएका थिए ।

साथै उक्त कार्यक्रममा कलंकी शाखाले यस वर्ष एमडिआरटीका लागि छनोट भएका ४ जना, चियर पर्सन क्लबबाट उत्कृष्ट भएका ६ जना, साउन १ गतेबाट हालसम्म व्यक्तिगत कोडमा उत्कृष्ट ब्यवसाय गर्ने ३ जना, संचालकबाट उत्कृष्ट व्यवसाय गरेका ३ जना र कन्याम वर्कशप क्वालिफायरमा छनोट भएका ४ जना एजेन्सीहरुलाई सम्मान समेत गरेको थियो ।

त्यस्तै,सोही कार्यक्रममार्फत् ४६ वटा बीमा पोलिसी बिक्री गर्ने एक एजेन्सीलाई नम्बर अफ पोलिसी बिक्री गर्ने एजेन्सीको रुपमा सम्मान गरेको थियो ।

यसबाहेक कम्पनीको कलंकी शाखाका शाखा प्रमुख घिमिरेका अनुसार फागुन र चैत महिनामा १० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नेलाई हेलिकप्टर टुरबाट गोसाइकुण्ड जाने गरी कम्पनीले ल्याएको स्किममा अहिलेसम्म सो शाखाबाट योग्य भएका एकजनालाई पनि सम्मान गरिएको थियो ।

साथै उक्त कार्यक्रममा केही कलाकारहरुले बीमा सचेतना तथा कम्पनीकै श्लोगनमा बीमा सम्बन्धीका गीतहरुमार्फत् बीमाको बारेमा सन्देश व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*