एलआईसीद्धारा बाह्य लेखापरीक्षक नियुक्त

६ चैत्र २०७८, आईतवार ११:२८

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट आव २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्त भएको हो ।

सो सभाले गत आर्थिक वर्षको लागि लेखापरीक्षकमा पिएल श्रेष्ठ एण्ड कम्पनीका चार्टर्ड एकाउन्टेन्ट राजेश पौडेललाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको हो । सो पश्चात अब कम्पनीको उक्त आवको लागि लेखापरीक्षण सम्बन्धी कार्य पौडेलले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*