बेस्ट फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रबार (चैत ४ गते) सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष खिमराज पौडेलेको सभापतित्वमा बसेको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सभा सम्पन्न भएको हो ।
उक्त सभाले गत आर्थिक वर्षको संचालन समितिको प्रतिवेदन र वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारीका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पारित गरेको हो ।
आर्थिक तथा पर्यटकीय नगरी चितवनको नारायणगढ, सहिद चोकमा १५ औं शाखा विस्तार गरेको यस फाइनान्सले निकट भविष्यमा बाग्लुङको गलकोट, प्रदेश नं. २ को विरगंज तथा प्रदेश नं. १ को इटहरी सहित अन्य जिल्लाहरुमा शाखा कार्यालय खोल्ने योजना रहेकोे बताइएको छ ।
साधारण सभाका प्रयोजनका लागि कम्पनीले फागुन २० गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाएका थिए ।