अनलाईनबाटै यसरी हुँदैछ बीमा अभिकर्ताको लाईसेन्स नविकरण, छिट्टै उद्घाटनको तयारीमा बीमा समिति

५ चैत्र २०७८, शनिबार १७:३८

काठमाडौं । अभिकर्ता र सर्भेयरहरुले अब अनलाईन मार्फत नै नविकरणशुल्क भुक्तानी गर्न पाउने भएका छन् । बीमा समितिले केही समयअघि उद्घाटन गरेको आइआरएमएस सफट्वयर मार्फत नै उक्त सेवा सुचारु गर्न लागिएको हो । त्यसको लागि बीमा समितिले गत वर्ष नै सफ्टवयर जडान गरिसकेको छ ।

बीमा अभिकर्ता तथा सर्भेयरले चैत मसान्त भित्रमा लाइसेन्स नविकरण गरिसक्नु पर्ने व्यवस्था रहेको छ । अभिकर्ता तथा सर्भेयरको नविकरणका लागि सफ्टवेयर निर्माणको कार्य सम्पन्न भइसकेको छ । उदघाट्न गरेसँगै अनलाईनबाटै भुक्तानी गर्न पाउनेछन् । समितिले बीमा अभिकर्ता तथा सर्भेयरको नविकरणतथा लाइसेन्स लिने प्रकृयालाई छिटो र छरितो बनाउनका लागि अनलाईनबाटै भुक्तानी गर्न पाउने सुविधा ल्याएको हो ।

बीमा समितिले छिट्टै नै यसको उद्घाट्न गर्ने भएको छ । समितिले अन्तिम तयारीको लागि आईतबार वा सोमबार गर्ने तयारी गरिरहेको समितिले जनाएको छ।
यो सुविधा सुचारु भएसँगै बीमा कम्पनीका कर्मचारीहरुले अभिकर्ता र सर्भेयरले नविकरण भएको छैन अपडेट दिईरह्नु पर्ने समस्या नभएको बीमा समितिले जनाएको छ । बीमा समितिमा यसअघि भैतिक उपस्थितीमा नै बीमा अभिकर्ता एवं सर्भेयरहरुले नविकरण शुल्क बुझाउदै आईरहेका थिए ।

बीमा अभिकर्ताहरुको नविकरण शुल्क वापत २ सय रुपैयाँ बुझाउन घण्टौ लाईन बसेर भौचर बुझाउनुपर्ने समस्याको अन्त्य भएको छ । यो सेवा संचालनमा आएसँगै व्यक्तिगत र संस्थागतका लागि छुटाछुटै विवरणहरु पेश गनुपर्नेछ ।

संस्थागत तर्फ भने संस्थाको अधावदिक गरेको विवरण, कर चुक्ता भएको प्रमाण पत्र, संचालकमा एक जनाले बीमाको प्रमाणपत्र लिएको हुनुपर्नेछ ।
त्यस्तै, व्यक्तिगतर्फबाट भने नविकरण सम्बन्धी विवरण भरी कम्पनीमा पठाउने र कम्पनीबाट भेरिफिकेसन भई पुन ः बीमा समितिमा आउनेछ । नविकरण गर्दा लाग्ने खर्च भने बीमा समितिको खातामा जम्मा हुनेछ ।

बीमा क्षेत्रमा मेरुदण्डको रुपमा काम गर्ने जीवन तर्फ बीमा अभिकर्ता र निर्जिवन तर्फ सर्भेयरहरुले चैत मसान्तसम्ममा नविकरण गराईसक्नुपर्छ ।
यदि नगराएको खण्डमा ६ महिनाभित्र विलम्ब रकम तिरेर नविकरण गराउनुपर्ने हुन्छ । भैतिक उपस्थितीको कारणले गर्दा बीमा समितिमा कागजी कामको मात्रा बढी हुने गरेको थियो ।

बीमा समितिको कर्मचारीहरुले नै उक्त नविकरणको बिल बुकको चाङ प्रत्येक बर्ष नै थुपिरहेको हुन्छ । थोरै कर्मचारीमा ७ लाख बढी अभिकर्ता र सर्भेरहरुको बिल बुक हेर्नु पर्ने कारण बीमा समितिमा नै काम कार्वाही ढिला हुने समस्या रह्दै आएको थियो । नयाँ सुविधा आएसँगै उक्त झन्झटबाट बीमा समिति मुक्त भएको छ ।
यो सुविधा सुचारु भएसँगै देशभरका अभिकर्ता तथा सर्भेयरले घरमै बसेर अनलाइनबाटै नविकरणको सुविधा पाउने छन् । बीमा समितिले आफ्नै वेवसाईट मार्फत यो सुविधा प्रदान गर्ने छ ।

भौतिक रुपमा नविकरण गर्नका लागि धेरै लामो समय लाग्नुका साथै विलम्ब शुल्क भुक्तानी गर्नुपर्ने बाध्यता थियो । विकट जिल्लाहरुबाट कुरियर गरेर कम्पनी र बीमा समितिसम्म पुराउनुपर्ने बाध्यतालाई अनलाईनबाटै भुक्तानी गर्ने सेवाले हटाएको छ । नयाँ सफ्टवेयर मार्फत २४ सै घण्टा नविकरण गर्न सकिने हुँदा बिलम्ब शुल्क तिर्नु नपर्ने भएको छ ।

सफ्टवेयर कार्यान्वयनमा आउने भएकाले नविकरणका लागि भौतिक रुपमा उपस्थित नहुँन समितिले अभिकर्ता, सर्भेयर तथा बीमा कम्पनीहरुलाई उक्त सुविधाको उपयोग गर्न आग्रह गरिसकेको छ । बीमा समितिका अनुसार बैशाख पहिलो सातादेखि अनलाइन प्रणालीबाटै अभिकर्ताले नयाँ लाइसेन्स पाउने छन् ।
अभिकर्ताको नविकरण तथा लाइसेन्स लिने प्रणालीमा झण्झटिलो हुँदा बीमा कम्पनी आफैले एउटा कोड बनाउने र सोहि कोड मार्फत बीमा पोलिसी बिक्री गर्ने व्यवस्था थियो ।

अभिकर्ताले बीमा कम्पनीका शाखा तथा उपशाखे प्रदेश कार्यालय मार्फत बीमा समितिमा पुग्छ । बीमा अभिकर्ताको र सर्भेयरको नविकरणको हुने र कोड सिस्टमको कारणले गर्दा झन्झटिलो हुने भएको कारण बीमा समितिले अनलाईनबाटै स्वयम् अभिकर्ता र सर्भेयरले लाईसेन्स नविकरण गर्न पाउने सुविधा दिन लागेको हो । समितिले बैशाख पहिलो सातादेखि बीमा समितिको वेवसाइटबाट आवेदन पाउने व्यवस्था समेत गर्न लागिएको छ ।

जसको लागि बीमा समितिले तालिम लिएको छ भन्ने बिषयमा बीमा अभिकर्ता एवं सर्भेयरहरुको विवरण बीमा समितिमा पेश गनुपर्ने हुन्छ ।
कम्पनीले उक्त अभिकर्तालाई तालिम दिएको विवरण अनलाइन प्रणालीमा पेश गर्नेछ र अभिकर्ताले बीमा समितिको साईटमा आवेदन दिनुपर्नेछ । आवेदन दिदा बीमा कम्पनीले दिएको प्रमाणपत्र, फोटो, नागरिकताको फोटो उक्त साइटमा पेश गनुपर्नेछ ।

तत्पश्चात् बीमा समितिले सम्पूर्ण विवरण हेरेको आधारमा बीमा अभिकर्तालार्य र सर्भेयरलाई नयाँ लाइसेन्स दिने व्यवस्था गरेको छ । उक्त विवरणलाई बीमा समितिले स्वीकृती दिईसकेपछि नयाँ अभिकर्ताले पिडिएफ मार्फत सुरक्षित गर्न सक्नुका साथै आफैले प्रिन्ट गर्न पाउनेछ ।

बीमा समितिले अनलाईनमार्फत नै नविकरण शुल्क र नयाँ लाईसेन्सको रकम भुक्तानीका लागि कनेक्ट आइपीएससँग सम्झौता गरिसकेको छ । जसमा ईसेवा वाहेक २६ वटा अनलाईन पेमेन्ट सिस्टमहरु आवद्ध छन् । अभिकर्ताले उक्त सुविधामार्फत पनि रकम भुक्तानी गर्न पाउनेछन् । अभिकर्ताले भुक्तानी गरेको जानकारी मोबाइलमा आउने सुविधा गरेको छ।

साथै बीमा समितिले सर्भर डाउनको समस्या निराकरणको लागि पनि अगाडि नै सामाधान खोजिसकेको छ। एकैपक २ लाख बढीले नविकरण गरेको खण्डमा पनि सर्भेर डाउन नहुने विकल्प खोजिसकेको छ ।

कति लाग्छ जरिवाना ?
अभिकर्ता र सर्भेयरहरुले असोज मसान्तसम्ममा नविकरण गर्न पाउने सुविधा बीमा समितिले दिएको छ । तर त्यसवापत विलम्ब शुल्क भने तिर्नुपर्ने प्रावधान पनि रहेको छ ।

बीमा अभिकर्ताको हकमा चैत मसान्त सकिएपश्चात् बीमा अभिकर्ताले १ सय रुपैयाँ दरले रकम भुक्तानी गनुपर्ने हुन्छ । त्यस्तै, जेठ महिनादेखि दिनको ५ रुपैयाँले विलम्ब रकम लाग्ने बीमा समितिले जनाएको छ ।

त्यस्तै, सर्भेयरको हकमा चैत मसान्तसम्म भुक्तानी नगर्ने सर्भेयरहरुले ५०० रुपैयाँ विलम्ब रकम तिर्नु पर्ने हुन्छ । त्यस्तै, असार महिनादेखि दैनिक २०० रुपैयाँदेखि विलम्ब रकम तिर्नुपर्ने हुन्छ । मासिक रुपमा ६ हजार रुपैयाँ भुक्तानी गर्दै जानुपर्ने हुन्छ । कात्तिक मसान्तसम्म नविकरण नगर्ने सर्भेयरको लाइसेन्स भने पाँच बर्षको लागि लाईसेन्स स्वतः खारेज हुने व्यवस्था रहेको छ ।

-फाइल तस्विर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*