पास्नीमा १० लाखको बीमा पोलिसी उपहार
४ चैत्र २०७८, शुक्रबार १८:०७
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रवृति बढ्दै गईरहेको छ । भावि जीवनमा आउने जोखिमको सुरक्षणको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गईरहेको छ ।
यसैक्रममा चितवन स्थित भरतुर ११ एली राणालाई उनको मावलाले भान्जी नातिनीलाई दिएको छ । पास्नीमा विलासी वस्तुको साटोमा बीमा पोलिसी दिएको बीमितले बताए ।
भावि सुरक्षाको लागि बीमा पोलिसी दिने प्रवित्तिले बीमा क्षेत्रमा सकारात्मक सुधार भएको एजेन्सी म्यानेनजर गंगा रायमाझी बताँउछिन् ।