ज्योति विकास बैंकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

४ चैत्र २०७८, शुक्रबार १७:१२

काठमाडौं । ज्योति विकास बैंकले नव आदर्श माध्यमिक विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिकउत्तरदायित्व अन्तर्गत काठमाडौंको बसन्तपुरमा रहेको उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरेको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैकका काठमाडौं क्षेत्रीय प्रमुख दिलिप राज बरालले स्कुलका विद्याथीहरुलाई सो सामग्रीहरु हस्तान्तरण गरेका हुन । विद्यालयले ३ सय जना सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई न्यूनतम शुल्कमा अध्यापन गराइरहेको छ । विद्यालयको आधारभुत आवश्यक पुरा गरि गुणस्तरीय शैक्षिक बातावरण सिर्जना गर्ने उद्देश्यका साथ उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ विभाग प्रमुख बसन्त दाहाल र न्युरोड शाखा प्रबन्धक जित बहादुर गुरुङ र नव आदर्श माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु राज श्रेष्ठ,सह–प्रध्यानाध्यापक बैकुण्ठ पौडेल र कृष्ण प्रसाद दवाडी लगायत विभिन्न शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*