सिटिजन्स बैंकका ग्राहकले अनलाईनबाटै केवाईसी सुविधा पाउने
४ चैत्र २०७८, शुक्रबार १६:१२
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ई–केवाईसी सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई केवाईसी अद्यावधिक गर्ने पर्ने माध्यतालाई अन्त्य गर्दै ई(केवाईसी सेवा संचालनमा ल्याएको हो।
बैंकले डिजिटल सेवालाई प्रोसाहन गर्ने हितले ल्याएको उक्त सेवामा बैंकको वेवसाइट र मोबाइल बैकिङ एपमा उपलब्ध गराईएको लिङमा गएर ग्राहकहरुले आफ्नो खाताको केवाईसी विवरणहरु बिना झन्झट अपडेट गर्न सक्नेछन् ।
उक्त सेवा संचालन गरेसँगै अब ग्राहकहरुले बैकको शाखा जानु पर्ने झन्झटबाट मुक्त भई जुन सुकै ठाउँबाट मोबाइल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय केवाईसी अद्यावधिकको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।