११ अर्ब कोरोना बीमा बक्यौता राखेर भटाभट लाभांश बाड्दै निर्जिवन बीमा कम्पनी, यस्तो छ दुई आर्थिक बर्षको लाभांश

४ चैत्र २०७८, शुक्रबार १५:१९

काठमाडौं । बीमा कम्पनीहरुको लाभांशमा बोनसमय भएको छ । बीमा समितिको निर्देशन बमोजिम निर्जीवन बीमा कम्पनीहरुले कर प्रयोजनका लागि मात्र नगद लाभांश दिएका छन् । त्यसैले निर्जिवन बीमा कम्पनीहरुले लाभांशमा बोनसमय भएको छ ।

आर्थिक बर्ष २०७७/७८ को लाभांश घोषणा गरेका ११ निर्जीवन बिमा कम्पनीहरुले करबाहेक सबैले बोनस दिएका छन् । निर्जिवन बीमा कम्पनीहरुले लाभांश बापत बोनस वितरण गरिरहँदा बीमितलाई भुक्तानी गर्न बाँकी राखेर बीमितको रकमबाट लाभांश दिएको भन्दै आलोचना समेत भइरहेको छ । निर्जिवन बीमा कम्पनीहरुले कोरोना बीमा बापत ११ अर्बभन्दा बढि रकम भुक्तानी गर्न बाँकी छ । बीमा समितिले कोरोना बिमा दाबी भुक्तानी नगर्ने बिमा कम्पनीहरुलाई नगद लाभांशमा सबै बीमा कम्पनीहरुलाई रोक लगाएको भएपनि नगद लाभांशले झनै लगानीकर्ताहरुलाई फाइदा पुगेको छ ।
कोरोना बीमा दाबी भुक्तानी भएपछि तथा अहिलेको आर्थिक अवस्था सुधार भएपछि शेयरधनीहरुले फेरि कम्पनीहरुले नगद र बोनस मिलाएर वितरण गर्न पाउनेछन् ।

यता, उक्त निर्देशन जारी हुनु अघि नै लाभांश घोषणा गरेको प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि लाभांश संशोधन गरेको छ । पहिला कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस सेयर र ७ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो।
तर, समितले उक्त निर्देशन दिएसँगै यसले १४ दशमलव २५ प्रतिशत बोनस र कर तिर्न ० दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव राखेर साधारण सभा सम्पन्न गरिसकेको छ ।
लाभांश घोषणा गर्नेमध्ये प्रिमियर र हिमालयन जनरल इन्स्योरेन्सको बुक क्लोज भएर साधारण सभा पनि सम्पन्न भएको छ भने अरु कम्पनीको बुक क्लोज र साधारण सभा हुन बाँकी छ । नेको इन्सुरेन्सको पनि चैत १ गते बुक क्लोज तोकिसकेको छ । कम्पनीको साधारणसभा चैत ९ गते रहेको छ ।

हालसम्म सबैभन्दा धेरै लाभांश घोषणा गर्ने कम्पनीमध्ये सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । यसले गतवर्षको नाफाबाट २०% बोनस सेयर र कर प्रयोजनका लागि १.०५% नगद गरी कुल २१.५३% लाभांश दिने घोषणा गरेको छ । यसले गत वर्ष ११.५८% लाभांश दिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*