प्रभु इन्स्योरेन्सको साधारण सभा चैत ३० गते, कहिले हुँदैछ बुकक्लोज ?

४ चैत्र २०७८, शुक्रबार ११:२७

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत २ गते बसेको संचालक समितिको बैठकले सभा चैत ३० गते प्रभु इन्स्योरेन्स लिमिटेड, ‘प्रभु कम्प्लेक्स’ तिनकुने, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याएको शुन्य दशमलव ५८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले आर्थिक वर्ष २०७७।०७८ को असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब जस्ता अनुसूचीमाथी छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि चैत १७ गतेदेखि साधारण सभा हुँदासम्मको दिनसम्म बुकक्लोजको मिति तय गरेको छ । यसअनुसार चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*