जनरल इन्स्योरेन्सका कर्मचारीहरु जागिर छोड्दै, प्रशासन विभागकी प्रमुखद्धारा राजिनामा

४ चैत्र २०७८, शुक्रबार १०:१९

काठमाडौं । विगत केही समयदेखि व्यवस्थापन र सञ्चालक समितिले प्रभावकारी काम गर्न नसकेर बिग्रदै गएको जनरल इन्स्योरेन्स कम्पनीका इमान्दार कर्मचारीहरुले जागिर छोड्न थालेका छन् ।

जनरल इन्स्योरेन्स कम्पनीमा कार्यरत कतिपय कर्मचारीहरुले काम गर्ने वातावरण नभएको गुनासो गरिरहेका छन् । यस्तै गुनासो गर्दै प्रशासन प्रमुख तथा मानव संशाधन विभागकी प्रमुख रेमिना मानन्धरले पदबाट राजिनामा दिएकी छिन् । उनले कर्मचारीहरुलाई संस्थागत सुशासन पालना गराउन आफ्नो प्रयत्नमा व्यवस्थापक तथा सञ्चालक समितिले साथ नदिएपछि राजिनामा दिएको स्रोतले जनाएको छ । यद्यपि राजिनामा दिएको सम्बन्धमा बीमापोष्टले विगत चार दिनदेखि सम्पर्क गर्न खोज्दा मानन्धर सम्पर्कमा आउन चाहिनन् ।

प्रशासन प्रमुख मानन्धरले एक साता अघि राजिनामा दिएकी हुन् । उनको राजिनामासँगै कम्पनीभित्रका व्यापक हलचल मच्चिएको छ । उनले प्रशासनलाई जानकारी नै नगराई एक सातासम्म अनुपस्थित हुने अनैतिक कर्मचारीलाई कारवाही गर्न सिईओ समक्ष प्रस्ताव पुर्याएकी थिईन् । तर, व्यवस्थापन र सञ्चालक समितिले समेत उनको कारवाहीमा रेड सिंग्नल दिएपछि पछि हट्नु परेको थियो ।

जनरल इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरु संस्थागत सुशासनभित्र बस्न नचाने प्रवृत्ति विकास हुँदै गएको र व्यवस्थापन तथा सञ्चालक समितिले नै कर्मचारीहरुलाई सुशासन पालना नगरेकाहरुलाई कारवाही गर्न खोज्दा साथ नदिएकोले विभागीय प्रमुख मानन्धरले राजिनामा दिएको बताइएको छ ।

कम्पनीका अध्यक्ष कुनाल कयालले जनरल इन्स्योरेन्स कम्पनीभित्र एउटा गुट बनाएर सञ्चालन गर्ने गरेको आरोप समेत लाग्दै आएको छ । प्रशासन विभागकी प्रमुख मानन्धरको राजिनामा स्वीकृत हुन बाँकी रहेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*