७३% लाभांश पारित गर्न जीवन विकास लघुवित्तको साधारण सभा चैत २५ गते बस्ने, बुकक्लोज कहिले ?

४ चैत्र २०७८, शुक्रबार १०:१४

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत २५ गते बस्नेगरी आह्वान गरेको हो ।

कम्पनीको चैत ३ गते बसेको संचालक समितिको बैठकले सो सभा चैत २५ गते संस्थाको केन्द्रीय कार्यालय कटहरी–२, मोरङ्गमा बिहान १०ः३० मा बस्ने निर्णय गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको कायम चुक्तापूँजीको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याइएको ३.६८४२ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँबाट बृद्धि गरी २ अर्ब पुर्याउने, जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँबाट १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुर्याउने, नेपाल राष्ट्र बैंकको स्वीकृति लिई डिजिटल बैकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रस्ताव र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने अर्थात् प्राप्ती गर्ने विषयलाई अनुमोदन गर्न प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वासलात, आव २०७७।०७८ को नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । साथै आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धाण गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालन निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि शेयरदाखिला खारेज किताब बन्द (बुकक्लोज)ं चैत १२ गतेदेखि चैत २५ गतेसम्मको मिति तोकेको छ । यसअनुसार चैत १० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुमात्र समाभा उपस्थित हुन र सो शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*