आज तराईमा होली मनाइदै, सार्वजनिक विदा

४ चैत्र २०७८, शुक्रबार ०७:५६

काठमाडौं । हिजो राजधानी काठमाडौं सहितका पहाडी र हिमाली जिल्लाहरुमा होली पर्व मनाइयो । यद्यपि देशमा आज पनि होली पर्व मनाइदैछ । रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ ।

तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइदै आएको छ ।

तराईमा आज फगुवा खेल्ने भनिन्छ । यस अन्त्र्गत एउटै उमेरसमूहका युवायुवती जम्मा भएर हर्षोल्लासपूर्ण रूपमा होली मनाउँछन् । यो पर्वले सौहार्द, सद्भावना, शान्तिपूर्ण समाज र सहअस्तित्वको सन्देश दिन्छ ।

फागु पर्व मनाउने भएकोले आज तराईका जिल्लाहरुमा सार्वजनिक विदा दिइएको छ । विशेष गरी प्रदेश नं २ सहितका तराईका जिल्लाहरुमा आज सार्वजनिक विदा दिइएको छ । यद्यपि राजधानी काठमाडौंसहित पहाडी जिल्लामा हिजो नै होली मनाइसकिएकोले काठमाडौंमा उपत्यका तथा पहाडी जिल्लाहरुमा बैंक, बीमा कम्पनी तथा सबै सार्वजनिक कार्यालयहरु खुल्ला हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*