डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट नियुक्त
३ चैत्र २०७८, बिहीबार ११:३०
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । संस्थाले शेयर रजिष्ट्रारका रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।
शेयर रजिष्ट्रार नियुक्त गरेसँगै अब नबिल इन्भेष्टमेन्टले शेयर कारोबार सम्बन्धी अधिलेख राख्ने, दाखिल खारेज, नामसारी गर्ने, शेयरधनी लागत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्य गर्नेछ ।