एभरेष्ट बैंकद्धारा थिमि र काँडाघारीमा नयाँ शाखा बिस्तार
३ चैत्र २०७८, बिहीबार ११:१७
काठमाडौं । एभरेष्ट बैंकले थप दुई वटा शाखा कार्यालयको स्थापना गरेको छ । बैंकले भक्तपुरको थिमि र काठमाडौंको काँडाघारीमा नयाँ शाखाको शुभारम्भ गरेको हो ।
थिमि शाखाको उद्घाटन बैंकका संचालक नवीनभक्त श्रेष्ठ र थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र काँडाघारी शाखाको उद्घाटन बैंकका संचालक नवीनभक्त श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले संयुक्त रुपमा गरेका हुन ।
उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौड्याल, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
हाल बैंकले देशभरका ११२ शाखा र १४५ वटा एटिएम मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।