नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता
३ चैत्र २०७८, बिहीबार १०:०९
काठमाडौं। नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्रीवितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ।
यस सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेछ। यसका साथै आफ्नो व्यवसायको आवश्कताबमोजिम मोबाइल वितरकले बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवा सुविधाहरु प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ।